
रुखको हाँगा काट्नेलाई ललितपुर महानगरपालिकाले ५ हजार रुपैयाँ जरिवाना तिराएको छ । सडक छेउमा रोपेको रुखको हाँगा काटेको भन्दै महानगरपालिकाले भैँसेपाटीको एक मासु पसललाई उक्त जरिवाना तिराएको हो ।
महानगर प्रहरी गस्ती हिँडिरहेको अवस्थामा रुखको हाँगा काटेर बाख्राहरूलाई खुवाएको भेटिएपछि जरिवाना तिराएको महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले बताए ।
महानगरले हालैमात्र १५ जनाको वातावरण नगर प्रहरी बल गठन गरेर महानगरको वातावरण संरक्षणमा काम गर्दै आएको छ ।