
नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेसँग सम्बन्धित सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति नबनेसम्म सदनको कुनै पनि काम कारबाही अगाडि नबढ्ने घोषणा गरेको छ।
शुक्रवार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद गगन थापाले यस्तो घोषणा गरेका हुन् । ‘संसदीय छानबिन समिति नबनीकन अब संसदको कुनै पनि कामकारबाही अगाडि बढ्दैन । यसको जिम्मेवार हामी होइनौँ’, थापाले सदनमा बोल्दै भने । उनले संसदको काम कारबाहीप्रति आफूहरूको विश्वास नरहेको पनि बताए ।