२३ जेठ २०८३, शनिबार

वर्षाले डढेलो नियन्त्रण, किसान हर्षित

बैशाख २९, २०८१
बैतडी
वर्षाले डढेलो नियन्त्रण, किसान हर्षित

बैतडीमा लामो समयको खडेरीपछि वर्षा हुँदा किसानलाई राहत मिलेको छ । वर्षा भएपछि उनीहरूलाई खेतीपाती गर्न सहज भएको छ ।

वर्षा भएपछि मकै छर्न तथा अन्य बालीनाली लगाउन सहज भएको दोगडाकेदार गाउँपालिका–३ का किसान फुनडी विष्टले बताए ।

उनले भने, 'लामो समयको खडेरीपछि पानी परेको छ, अब यसले बालीनालीलाई फाइदा पुग्ने भयो ।'

वर्षाले तरकारी बाली र फलफूल खेतीमा सिँचाइको काम गरेको दार्चुलाको लेकमका किसान मानबहादुर कार्कीले बताए । मकै छर्न तयार भएका किसान वर्षापछि खुसी भएका छन् ।

सिँचाइ अभावमा तरकारी बाली र फलफूल सुक्न थालेका थिए । बैतडीमा मकैखेती १४ हजार पाँच सय हेक्टर जग्गामा गरिँदै आएको छ । ​

यसैबीच वर्षापछि यहाँका वन जङ्गलमा लागेको डढेलो पनि नियन्त्रणमा आएको छ ।

डढेलोका कारण  वायु प्रदूषण बढेको थियो । वर्षापछि प्रदूषण कम भएको छ । बैतडीका एक सयभन्दा बढी वनमा डढेलो लागेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्