३० जेठ २०८३, शनिबार
संसद्को गतिरोध हटाउने प्रयास

प्रधानमन्त्री संसदीय छानबिन समिति बनाउन तयार भएको कांग्रेसको दाबी

बैशाख ३०, २०८१
काठमाडौं
प्रधानमन्त्री संसदीय छानबिन समिति बनाउन तयार भएको कांग्रेसको दाबी
फाइल फोटो

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनका लागि सकारात्मक भएको बताएको छ ।

प्रधानमन्त्रीसँगको छलफलपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संसदीय समिति गठनको मागमा प्रधानमन्त्री सकारात्मक भएको जानकारी दिए । 

‘प्रधानमन्त्रीसँगको छलफलमा हामीले पहिले जे कुरा उठाउँदै आएका थियौं, आज पनि सोही कुरा दोहोर्‍यायौं,’ लेखकले भने, ‘हाम्रो मागप्रति प्रधानमन्त्रीले सकारात्मक कुरा गर्नुभएको छ । संसद्मा कसरी प्रस्तुत हुने भन्नेमा भोलि  १ बजे बस्ने संसदीय दल कार्यसमिति र २ बजे बस्ने संसदीय दलको बैठकबाट निर्णय गर्छौ ।’ 

संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले कांग्रेसका शीर्ष नेतालाई छलफलका लागि बालुवाटार बोलाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्