०५ साउन २०८३, मंगलबार

शेखर र गगनबीच छलफल

बैशाख ३०, २०८१
काठमाडौं
शेखर र गगनबीच छलफल

नेपाली कांग्रेसको संस्थापनइतर पक्षका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच भेटवार्ता भएको छ ।

आइतबार भएको भेटमा राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक राजनीतिका विषयमा गम्भीर छलफल भएको डा. कोइरालाका स्वकीय सचिव  दिनेश थपलियाले फेसबूकमार्फत जनाएका छन् ।

null

'आजको भेट । राष्ट्रिय र पार्टीको आन्तरिक राजनीतिका विषयमा गम्भीर छलफल,' दुईवटा तस्वीर राख्दै थपलियाले फेसबूकमा लेखेका छन् ।

भेटमा संसद् अवरोधमा कांग्रेसको अडान, आन्तरिक छलफलसहितका विषयमा कुराकानी भएको थपलियाले जानकारी दिए ।

‘भेटघाटमा कोइराला र थापाबीच राष्ट्रिय राजनीति, संसद्मा कांग्रेसले जारी राखेको अवरोध र पार्टीको आन्तरिक गतिविधिका बारेमा कुराकानी भएको थियो,’ थपलियाले भने, ‘भेटमा महामन्त्री थापाले हिजो राष्ट्रपति र आज प्रधानमन्त्रीसँग भएको भेटघाटबारे कोइरालालाई जानकारी समेत गराउनुभयो ।’

महामन्त्री थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेटेपछि कांग्रेसको  संस्थापनइतर पक्षका नेता कोइरालासँग भेटेका हुन् ।

महामन्त्री थापाको सचिवालयले भने नियमित संवाद भएको बतायो । प्रधानमन्त्री निवासबाट फर्किने क्रममा टंगालस्थित शेखरको ​सम्पर्क कार्यालयमा भेटघाट र सामान्य कुराकानी भएको थापाको सचिवालयले जनाएको छ ।

कांग्रेसको १४ औं महाधिवेशनमा एउटै प्यानलमा रहेर प्रतिस्पर्धा गरेका यी २ नेताबीच पछिल्लो समय भेटवार्ता निकै पातलिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्