
नारायणी नदीमा बन्न लागेको एड्भान्स टेक्नोलोजीको पुल सिग्नेचर ब्रिजको सोमबार शिलान्यास हुँदैछ ।
पुलको शिलान्यास प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले गर्ने कार्यक्रम रहेको भरतपुर महानगरपालिकाकी मेयर (प्रमुख) रेनु दाहालले जानकारी दिइन् ।
पुलको शिलान्यास सोमबार बिहान ९ः३० बजे भरतपुरस्थित नारायणी नदी किनारमा गरिने उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन् ।
यो एड्भान्स टेक्नोलोजीबाट बनेको नेपालकै पहिलो पुल रहेको बताइएको छ ।