
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भेटवार्ता गरेका छन् ।
आइतवार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता भएको हो ।
भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
भेटमा प्रधानमन्त्री प्रचण्डले मंगलवारको प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचनका लागि राष्ट्रपतिलाई औपचारिक आग्रह गरेका छन् ।
जेठ १ गते बस्ने संघीय संसद्को संयुक्त सदनको बैठकमा राष्ट्रपतिले सरकारका नीति तथा कार्यक्रम पेश गर्ने तयारी छ ।