
कपिलवस्तुको वाणगङ्गा नगरपालिका–७ मा कोइली खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।
सुकुम्बासी टोलका स्थानीय ४० वर्षीय लौटन थारूलाई आज बिहान ७ बजे दाउरा सङ्कलन गर्ने क्रममा कोइली खोलामा आएको बाढीले बगाएको हो ।
लौटनलाई बाढीले बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपालजङ्ग रायमाझीले बताए ।
बगाएको ठाउँबाट दुई किलोमिटरको तल थारूको शव फेला परेको रायमाझीले बताए ।