०५ साउन २०८३, मंगलबार

माओवादी निकट अनेमसंघ क्रान्तिकारीमा विवाद, नेतृत्व चयन नगरी बन्द सत्र स्थगित

बैशाख ३०, २०८१
विराटनगर
माओवादी निकट अनेमसंघ क्रान्तिकारीमा विवाद, नेतृत्व चयन नगरी बन्द सत्र स्थगित

नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कोशी प्रदेशको नयाँ नेतृत्वमा विवाद देखिएको छ । 

आइतवारको अधिवेशनबाट अध्यक्षमा सहमति जुट्न नसक्दा सदस्य मात्रै छानेर बन्द सत्र स्थगित गरिएको छ । ९१ सदस्य कमिटी गठन गरेर पदाधिकारी एक हप्ताभित्रमा छान्ने गरी स्थगन गरिएको हो ।

विराटनगरमा आइतवार भएको प्रथम अधिवेशनबाट अध्यक्षसहित पदाधिकारी चयन हुन नसक्दा ९१ सदस्य गठन भएको हो । ​

अनेमसंघ प्रदेश अध्यक्षमा दुई जनाको दाबी रहेपछि पदाधिकारी टुंगो नलागेको माओवादीका नेताहरूले बताएका छन् ।

अनेमसंघ प्रदेशको अध्यक्षमा नेकपा माओवादी केन्द्र प्रदेश सदस्य तथा महिला सङ्गठनको केन्द्रीय सचिवालय सदस्यद्वय मोरङ कि लता न्यौपाने र झापाकी निरु खतिवडाले दाबी नछाडेपछि अधिवेशन नेतृत्वविहीन बनेको हो । 

उनीहरूले अन्तिमसम्म अध्यक्षमा दाबी नछोडेपछि सर्वसम्मत नेतृत्व चयन हुन नसकेको हो ।

एक हप्ताभित्रमा पनि सहमति गर्ने र सहमति नभए निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्ने माओवादी केन्द्रीय सदस्य गीता तिमल्सिनाले बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्