०१ असार २०८३, सोमबार

श्रीलङ्काको जिडिपी सन् २०२५ मा तीन प्रतिशतले वृद्धि हुने

बैशाख ३०, २०८१
काठमाडौं
श्रीलङ्काको जिडिपी सन् २०२५ मा तीन प्रतिशतले वृद्धि हुने

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले आइतबार मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) सन् २०२५ मा बढेर तीन प्रतिशत पुग्ने बताएका छन् । उनले अर्को वर्ष सरकारी कर्मचारीको तलब वृद्धि गरिने बताए । 

कोलम्बोमा अन्तर्राष्ट्रिय नर्स दिवस समारोहमा उनले सरकारले देशको अर्थतन्त्रलाई द्रुत विकासतर्फ अघि बढाउन चारवटा प्रमुख कानून पहिचान गरेको उल्लेख गरे । 

उनले केन्द्रीय बैंकलाई स्वायत्तता दिने पहिलो कानून यसअघि नै बनेको जानकारी दिए । बाँकी कानून सार्वजनिक ऋण व्यवस्थापन ऐन, सार्वजनिक वित्त ऐन र आर्थिक रूपान्तरण कानून रहेको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्