३१ जेठ २०८३, आइतबार

भारतमा चौथो चरणको मतदान शुरू

बैशाख ३१, २०८१
काठमाडौं
भारतमा चौथो चरणको मतदान शुरू
फाइल तस्वीर

भारतमा लोकसभा चुनावको चौथो चरणको मतदान शुरू भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले निर्वाचन हुने सिटमा ठूलो संख्यामा मतदान गर्न जनतालाई अपिल गरेका छन् । ‘यी सबै सिटमा जनताले ठूलो संख्यामा मतदान गर्नेछन्, जसमा युवा तथा महिला मतदाताले उत्साहपूर्वक सहभागिता जनाउनेछन् भन्नेमा म विश्वस्त छु,' उनले भनेका छन् 'आफ्नो कर्तव्य निर्वाह गरौं र लोकतन्त्रलाई सुदृढ गरौं !'

कांग्रेस सभापति मल्लिकार्जुन खर्गेले पहिलो तीन चरणमा तानाशाही शक्तिहरूबाट लोकतन्त्र र संविधान बचाउन मतदान मतदान गर्न अपिल गरेका छन् । 'पहिलो तीन चरणमा तपाईले (मतदाता) तानाशाही शक्तिहरूबाट लोकतन्त्र र संविधान बचाउन मतदान गर्दै हुनुहुन्छ भन्ने देखाउनुभएको छ,' उनले भनेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्