
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ । आज दिउँसो बस्ने भनिएको बैठक भोलि (मंगलबार) बिहान बस्नेगरी स्थगित भएको कांग्रेस सचेतक सुशीला थिङले जानकारी दिइन् ।
उनका अनुसार संसदीय दलको बैठक मंगलबार बिहान ८ बजे बस्ने तय भएको छ । मंगलबार संसद् बैठक पनि बस्दै छ । संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्न कांग्रेसले बैठक बोलाएको थियो ।
कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै संसदीय छानबिन समिति माग गर्दै आएको छ । सरकारले संसदीय छानबिन समिति बनाउन आनाकानी गरिरहँदा संसदीय काम कारबाही अघि बढ्न सकेको छैन ।
भोलि राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने कार्य तालिका छ ।