०१ साउन २०८३, शुक्रबार

पार्टी विभाजनविरुद्ध सर्वोच्चमा उपेन्द्रको रिट, जेठ २ गते पेशी

बैशाख ३१, २०८१
काठमाडौं
पार्टी विभाजनविरुद्ध सर्वोच्चमा उपेन्द्रको रिट, जेठ २ गते पेशी

जनता समाजवादी पार्टी नेपाल गैरकानूनी रूपमा विभाजन गरी दल दर्ता गरेको भन्दै अध्यक्ष उपेन्द्र यादव सर्वोच्च अदालत पुगेका छन् । 

निर्वाचन आयोगले गरेको दल दर्ता गर्ने निर्णय बदर गर्नुपर्ने मागसहित जसपा नेपालका अध्यक्ष यादव आफैं निवेदक भएर सोमबार दिउँसो सर्वोच्चमा रिट दर्ता गराइएको हो ।

रिट सुनुवाइका लागि जेठ २ गते पेशी तोकिएको छ । आयोगले दल दर्तासम्बन्धी गरेको निर्णय गैरकानूनी रहेको निर्णय बदर गर्न माग गर्दै रिट निवेदन दिइएको हो । 

निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई प्रमाणपत्र प्रदान गरेको छ । गत आइतबार राईको नेतृत्वमा जसपा नेपाल विभाजित भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्