
जनता समाजवादी पार्टीका सांसद प्रदीप यादव स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने भएका छन् ।
जसपाका अध्यक्ष अशोक राईका अनुसार यादवको आज नै शपथ हुनेछ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीबाट राजीनामा दिएपछि प्रदीप यादवलाई स्वास्थ्य मन्त्री बनाउन लागिएको हो ।
वन तथा वातावरण मन्त्रालयमा राज्य मन्त्री रहेका दीपक कार्कीको ठाउँमा अहिले कसैलाई नपठाउने राईले लोकान्तरसँग भने ।
'अहिले वन तथा वातावरण मन्त्रालयमा रिक्त रहेको राज्य मन्त्री हामीले लिँदैनौं', राईले लोकान्तरसँग भने, 'अर्को कुनै ठूलो मन्त्रालय पाए त्यसमा राज्य मन्त्री लिन्छौं ।'
नवलकिशोर साह सुडी अहिले वन तथा वातावरण मन्त्री छन् । उनले सोही मन्त्रालयमा निरन्तरता पाउने भएका छन् ।