१२ साउन २०८३, मंगलबार

सरकारको स्थिरतामा कुनै समस्या छैन, वर्तमान समीकरण पूरै कार्यकाल जान्छ : प्रधानमन्त्री

दलहरूबीच सहमति भएर सदन नियमित सञ्चालन हुन्छ
बैशाख ३१, २०८१
चितवन
सरकारको स्थिरतामा कुनै समस्या छैन, वर्तमान समीकरण पूरै कार्यकाल जान्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने बताएका छन् ।

पूर्वी चितवनमा आज भएको अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले राजनीतिक दलहरूबीच अनौपचारिक एवं औपचारिकरूपमा छलफल भइरहेकाले छिट्टै निष्कर्षमा पुगिने बताएका हुन् ।

'सदनको गतिरोध अन्त्य भइसकेको छैन', उनले भने, 'आज यसबारे हामी टुङ्गोमा पुग्नुपर्नेछ, दलहरूबीच सघन छलफल हुन्छ ।'

सरकारको समीकरणका विषयमा विभिन्न तवरले हुने गरेको टीकाटिप्पणीप्रति सङ्केत गर्दै प्रधानमन्त्रीले भने, 'सरकारको स्थिरतामा कुनै समस्या छैन । अहिलेको समीकरण पूरै कार्यकाल जान्छ । सहमतिअनुसार मिलेर अघि बढ्छौं ।'

नीति कार्यक्रम र बजेटबीचमा सन्तुलन कायम गरी जनताका आकाङ्क्षालाई सम्बोधन गरिने प्रधानमन्त्रीको भनाइ छ ।

'आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबीच सन्तुलन कायम गरिनेछ', उनले भने, 'कृषिलाई आधार र नवप्रवर्तनलाई केन्द्रित गरेर ‘पपुलिष्ट’ होइन ‘पपुलर’ बजेट बन्छ ।'

सरकारले उत्पीडित, गरिब, विपन्न, विकट क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरिरहेको उल्लेख गर्दै उनले कृषिमा आधारित उद्योगको प्रवर्द्धनमा जोड दिइने बताए ।

salt training

कमेन्ट गर्नुहोस्