२४ असार २०८३, बुधबार

संसदीय दलको बैठकअघि कांग्रेस नेताहरु बालुवाटारमा

जेठ १, २०८१
काठमाडौं
संसदीय दलको बैठकअघि कांग्रेस नेताहरु बालुवाटारमा

नेपाली कांग्रेसका नेताहरु प्रधानमन्त्री प्रचण्डसँग छलफलका लागि बालुवाटार पुगेका छन् । आज सरकारको नीति तथा कार्यक्रम ल्याउन लागिएको बेला संसदको जारी अवरोध खुलाउने विषयमा संवादका लागि कांग्रेस महामन्त्री गगन थापा, नेता रमेश लेखकलगायतका नेताहरु बालुवाटार पुगेका हुन् । 
उनीहरुले पार्टीको मागबारे प्रधानमन्त्रीलाई अवगत गराउँदै संसदीय छानबिन समिति गठनका विषयमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउनेछन् । बालुवाटार छलफलबाट निस्कने निकासका आधारमा कांग्रेसले संसदीय दलको बैठकमा आवश्यक निर्णय गर्ने बताएको छ ।

कांग्रेसले गृहमन्त्री रवि लामिछानेसमेत मुछिएको सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ । यो माग पूरा नभए संसद चल्न नदिने कांग्रेसको अडान छ । कांग्रेस संसदीय दलको बैठक मंगलबार बिहान ८ बजेका लागि बोलाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्