
भीषण आँधीका कारण भारतको मुम्बईमा सोमबार साँझ ठूलो होर्डिङ खसेर लाग्दा मृत्यु हुनेको संख्या ८ पुगेको छ । दुर्घटनामा ६० जना घाइते भएको बीबीसी हिन्दीले जनाएको छ ।
समाचारमा जनाइएअनुसार घाटकोपर (ई) क्षेत्रको समता कोलोनीमा रहेको रेलवे पेट्रोल पम्पनजिकै राखिएको होर्डिङ सोमबार अपराह्न एक्कासि आएको भीषण हावाहुरीले खसेको थियो । वर्षा र हावाहुरी आएपछि पेट्रोल पम्पमा बसेका मानिसको भीडमा होर्डिङ बोर्ड खसेको थियो ।
केही मानिस अझै फसेको आशंका गरिएको बीबीसी हिन्दीले जनाएको छ । उद्धारमा संलग्न एजेन्सीहरूले घटनास्थलमा अझै २० देखि ३० जना फसेको आशंका गरेका छन् ।