
आर्थिक सङ्कट र अन्तर्राष्ट्रिय मौद्रिक कोष (आईएमएफ)को कडा सर्तको सामना गरिरहेको पाकिस्तानले सबै सरकारी कम्पनी निजीकरण गर्ने निर्णय गरेको छ । राजधानी इस्लामावादमा हिजो बसेको निजीकरण आयोगको बैठकमा प्रधानमन्त्री शाहबाज सरिफले रणनीतिक हिसाबले महत्वपूर्ण केही कम्पनीबाहेक सबै कम्पनी निजीकरण गर्ने घोषणा गरेका हुन् ।
प्रधानमन्त्री सरिफले व्यवसाय गर्ने सरकारको काम नभएको तर, देशमा व्यापार र लगानीको राम्रो वातावरण दिन सरकार लाग्नुपर्ने बताएको अन्तर्राष्ट्रिय समाचार संस्था एएनआईले जनाएको छ ।
पाकिस्तानको वित्त मन्त्रालयको डिसेम्बर २०२३ को रिपोर्टअनुसार पाकिस्तानमा ८८ वटा सरकारी कम्पनी छन् ।