१६ असार २०८३, मंगलबार

संसद्‌को जारी गतिरोधबारे प्रधानमन्त्रीसँग सभामुखको छलफल

जेठ २, २०८१
काठमाडौं
संसद्‌को जारी गतिरोधबारे प्रधानमन्त्रीसँग सभामुखको छलफल

सभामुख देवराज घिमिरेले संसद्‌को जारी गतिरोधबारे आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् । प्रतिपक्षीको अवरोधका कारण संसद्‌बाट राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित नभएको विषयलाई गम्भीररूपमा लिएका सभामुख घिमिरेले आज बिहान प्रधानमन्त्रीसँग छलफल गरेको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार साढे ८ बजेदेखि शुरू भएको छलफल जारी छ । 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तत भइसकेपछि धन्यवाद प्रस्तावसमेत पारित गर्न दिएको थिएन । सहकारी ठगी प्रकरणमा संसदीय छानबिनको माग गरिरहेको कांग्रेसले लामो समयदेखि संसद् अवरुद्ध गर्दै आएको छ । 

यसअघि हिजै सभामुख घिमिरेले कम्तिमा धन्यवाद प्रस्ताव पारित गर्न, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त पत्र र अध्यादेश पेस गर्न दिन कार्यव्यवस्था बैठक र प्रमुख सचेतकहरूसँगको बैठकमा ध्यानाकर्षण गराएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्