०५ साउन २०८३, मंगलबार
संसदीय छानबिन समिति गठनमा दबाब

‘सहकारी ठगीको प्रमाण यहाँ छ गृहमन्त्रीज्यू’ भन्दै कांग्रेस भ्रातृ संगठन सडकमा [तस्वीरहरू]

जेठ २, २०८१
काठमाडौं
‘सहकारी ठगीको प्रमाण यहाँ छ गृहमन्त्रीज्यू’ भन्दै कांग्रेस भ्रातृ संगठन सडकमा [तस्वीरहरू]

सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै नेपाली कांग्रेसका भ्रातृ संगठन सडकमा उत्रेका छन् । ‘सहकारी ठगीको प्रमाण यहाँ छ’ भन्ने ब्यानरसहित नेविसंघले बुधवार काठमाडौंमा प्रदर्शन गरेको हो । 

null

नेविसंघले काठमाडौंको त्रिचन्द्र कलेजअगाडि पोष्टरसहित प्रदर्शन गरेको छ । उनीहरूले गृहमन्त्री लामिछानेविरुद्ध चर्को नाराबाजी गरेका थिए । 

null

सहकारी ठगीमा गृहमन्त्रीमाथि छानबिनको लागि दबाब दिन कांग्रेस भ्रातृ संगठन महिला संघले मंगलवार प्रदर्शन गरेको थियो । कांग्रेसले संस्थागत निर्णय गरेरै सहकारीको ठगीमा गृहमन्त्री लामिछानेको प्रत्यक्ष संलग्नता रहेको भन्दै संसदीय छानबिन समितिको माग गरेको छ ।

null 

संसदीय छानबिन समितिको माग गर्दै कांग्रेसले वैशाख २८ देखि संसद अवरोध गर्दै आएको छ । सडक र संसद दुवैबाट सरकारमाथि दबाब सृजना गर्ने कांग्रेसले रणनीति देखिएको छ ।

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्