२९ असार २०८३, सोमबार

फलामको तारले रुखमा हातखुट्टा बाँधेको र जलेको अवस्थामा मृत फेला परेका व्यक्तिको खुल्यो पहिचान

जेठ २, २०८१
काठमाडौं
फलामको तारले रुखमा हातखुट्टा बाँधेको र जलेको अवस्थामा मृत फेला परेका व्यक्तिको खुल्यो पहिचान

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ स्थित जिरोकिलोमा जलाएको अवस्थामा भेटिएको शव दोलखाका विष्णुप्रसाद सुवेदीको भएको पुष्टि भएको छ । गत वैशाख २८ मा उनी रुखमा फलामको तारले हातखुट्टा बाँधेको र जलेको अवस्थामा मृत फेला परेका थिए । 

वनमा घाँसदाउरा लिन जाने स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठका अनुसार शवको पोस्टमार्टमको काम भइरहेको छ । 

‘प्रारम्भिक अनुसन्धानबाट सुवेदीको हत्या भएको निष्कर्षमा हामी पुगेका छौं । थप अनुसन्धान भइरहेको छ । ललितपुरको महालक्ष्मी नगरपालिकास्थित टीकाथलीमा बस्दै आएका सुवेदी परिवारलाई दोलखा जान्छु भनेर गत वैशाख २३ मा हिँडेका थिए । 

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार सुवेदी काभ्रेकै जिरोकिलोबाट २३ गते नै परिवारलाई फोन गरेर ‘साथीहरूसँग काममा छु, साँझ फर्किन्छु’ भनेका थिए । 

उनले घरमै फोन छाडेर गएको परिवारले प्रहरीलाई जानकारी गराएका छन् । सुवेदीको हत्या रहस्यमय देखिएकाले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले प्रहरी निरीक्षकको कमान्डमा घटनास्थलमा पठाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्