२८ जेठ २०८३, बिहीबार

भारतीय बजारबाट रासायनिक मल ल्याउन बाध्य

जेठ २, २०८१
बाँके
भारतीय बजारबाट रासायनिक मल ल्याउन बाध्य

मागअनुसारको मल नपाउँदा स्थानीय किसानले भारतीय बजारबाट रासायनिक मल ल्याउन बाध्य भएका छन् । जिल्लाको नरैनापुर, खजुराको सैनिक, रुपैडिहा र डुडुवाको खडैचा नाकाबाट किसानले रासायनिक मल ल्याउन बाध्य भएका हुन् । 

जानकी गाउँपालिकाका किसान राजेश काँदुले मल नपाउँदा भारतीय बजारबाट पनि किसानले मल भित्र्याइएको जानकारी दिए। सरकारले किसानको मागभन्दा बजेटअनुसार लक्ष्य निर्धारण गरेर मल आयात गर्दा आवश्यकताअनुसार किसानले रासायनिक मल पाउन नसकेको स्थानीय किसानहरुको भनाइ छ । 

स्थानीय तहको सिफारिसमा सहकारीले मल किसानसम्म पु¥याउने गर्छन । कृषि सामग्री केन्द्र लिमिटेड र साल्ट टे«ेडिङ कम्पनीले कृषि सहकारीलाई मल उपलब्ध गराउँछन् । लिमिटेडलाई ७० र टे«डिङ कम्पनीलाई ३० प्रतिशत मल सरकारले दिने गरेको छ ।  

कृषि सामग्री कम्पनी लिमिटेड नेपालगञ्जका शाखा प्रबन्धक पुष्पराज श्रेष्ठले निर्धारित लक्ष्यअनुसार नै रासायनिक मल आउने उल्लेख गर्दै खास गरी मुख्य बाली धान, मकै र गहुँ बालीका लागि मल किसानलाई उपलब्ध गराएको बताए ।

अहिले जिल्लामा युरिया रासायनिक मल वितरण भएको जानकारी दिँदै डिएपीलगायतका मल एक सातासम्ममा आइपुग्ने श्रेष्ठले उल्लेख गरे । कृषि सामग्री कम्पनी लिमिटेडमा हाल छ सय २९ दशमलव चार मेट्रिक टन युरिया, ८८ दशमलव २५० मेट्रिक टन डिएपी र ५८ दशमलव ५५ मेट्रिक टन पोटास मल मौज्दात छ । 

चालु आर्थिक वर्षमा युरियाको वार्षिक बिक्री लक्ष्य छ हजार मेट्रिक टन, डिएपीको वार्षिक लक्ष्य दुई हजार पाँच सय मेट्रिक टन र पोटासको लक्ष्य तीन सय मेट्रिक टन मल रहेको छ । चालु आवदेखि कम्पनीले कृषि चुनको बिक्रीसमेत थालेको छ । माटोको अम्लीयपन घटाउन मद्दत गर्ने उद्देश्यले कृषि चुन बिक्रीका लागि राखिएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्