२५ जेठ २०८३, सोमबार

स्पेसएक्सले गर्‍यो अन्तरिक्षमा २० थप स्टारलिङ्क उपग्रह प्रक्षेपण

जेठ २, २०८१
काठमाडौं
स्पेसएक्सले गर्‍यो अन्तरिक्षमा २० थप स्टारलिङ्क उपग्रह प्रक्षेपण

लस एन्जलस– अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले मङ्गलबार थप २० वटा स्टारलिङ्क उपग्रह कक्षमा प्रक्षेपण गरेको छ । यसमा डाइरेक्छ–टू–सेल क्षमता भएका १३ वटा समावेश छन् ।

स्पेसएक्सका अनुसार क्यालिफोर्नियाको भान्डेनबर्ग स्पेस फोर्स बेसबाट प्यासिफिक समयको बिहान ११ः३९ मा फाल्कन ९ रकेटमा उपग्रहहरू प्रक्षेपण गरिएको थियो । 

केही मिनेटपछि फाल्कन–९ को पहिलो चरणको बूस्टर फर्कियो र प्यासिफिक महासागरमा रहेको ‘अफ कोर्स आई स्टील लभ यू’ ड्रोनशिपमा अवतरण भयो ।

स्पेसएक्सकाले पछि २० उपग्रहको तैनातीको पुष्टि गर्यो । स्पेसएक्सका अनुसार स्टारलिङ्कले पहुँच अविश्वसनीय, महँगो, वा पूर्णरूपमा अनुपलब्ध भएका स्थानहरूमा उच्च–गतिको ब्रोडब्यान्ड इन्टरनेट प्रदान गर्नेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्