१२ साउन २०८३, मंगलबार

राजस्थानको लगातार चौथो हार

जेठ ३, २०८१
काठमाडौं
राजस्थानको लगातार चौथो हार

इंडियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत दोस्रो स्थानको राजस्थान रोयल्स पञ्जाब किंग्ससँग पराजित भएको छ । गएराति सम्पन्न खेलमा पञ्जाबले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो । राजस्थानको यो लगातार चौथो हार हो । 

राजस्थानले दिएको १४५ रनको मध्यम लक्ष्य पञ्जाबले ५ विकेट गुमाएर ७ बल बाँकी छँदै भेटायो । पञ्जाबका कप्तान स्याम करनले ४१ बलमा सर्वाधिक ६३ रन बनाए । 

यस्तै राईलि रुसो र जितेश शर्माले समान २२-२२ रन बनाए । आशुतोष शर्माले १७ रन जोडे । राजस्थानका लागि आभेस खान र युजभेन्द्र चहलले समान २-२ विकेट लिँदा ट्रेन्ट बोल्टले एक विकेट लिए । 

त्यसअघि गुवाहाटीमा टस जितेर ब्याटिङ गरेको राजस्थानले ९ विकेटको क्षतिमा १४४ रन मात्र बनाएको थियो। राजस्थानका रियान परागले ३४ बलमा बनाएको ४८ रन नै सर्वाधिक रह्यो । 

पञ्जाबका स्याम करन, हर्शल पटेल र राहुल चहरले २-२ विकेट लिए भने अर्शदिप सिंह र नेथन एलिसले १-१ विकेट लिए ।

जीतपश्चात यसअघि नै प्लेअफ दौडबाट बाहिरिएको पञ्जाबको १३ खेलमा १० अंक पुगेको छ । प्लेअफमा पुगिसकेको राजस्थानको १३ खेलमा १६ अंक छ ।

salt training

कमेन्ट गर्नुहोस्