०५ साउन २०८३, मंगलबार

युभेन्टसलाई इटालियन कपको उपाधि

जेठ ३, २०८१
काठमाडौं
युभेन्टसलाई इटालियन कपको उपाधि

युभेन्टसले इटालियन कपको उपाधि जितेको छ । बुधबार एटलान्टालाई १–० ले पराजित गर्दै युभेन्टसले उपाधि जितेको हो । हारसँगै ६ दशकयता पहिलो उपाधि जित्ने एटलान्टाको सपना अधुरै रह्यो ।

युभेन्टसले इटालियन कपको उपाधि जितेको यो १५ औं पल्ट हो । डुसान भ्लाहोभिचले चौथो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । 

उसले अब अर्को साता हुने युरोपा कपको फाइनलमा बायर लेभरकुजनको सामना गर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्