०१ असार २०८३, सोमबार

तार भूमिगत गरिएका स्थानबाट विद्युतीय पोलहरू हटाउने प्राधिकरणको निर्णय

जेठ ३, २०८१
काठमाडौं
तार भूमिगत गरिएका स्थानबाट विद्युतीय पोलहरू हटाउने प्राधिकरणको निर्णय

नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा निर्माणाधीन भूमिगत विद्युत् वितरण प्रणालीमध्ये निर्माण सम्पन्न भएका स्थानमा रहेका पोलहरू हटाउने निर्णय गरेको छ । 

प्राधिकरणका अनुसार पेप्सीकोला, जडीबुटी, लैनचौर, नारायणगोपाल चोक, चुच्चेपाटी, कलंकी, त्रिपुरेश्वर, कालीमाटी, बल्खु, कीर्तिपुर, सामाखुसी टाउन प्लानिङलगायतका स्थानबाट पोलहरु हटाउने निर्णय गरेको हो ।  

आज एक सूचना जारी गर्दै प्राधिकरणले उक्त स्थानमा रहेका पोलहरूमा जडान गरिएका इन्टरनेट केबल, अप्टिकल फाइबर, सीसीटीभी क्यामेरा, सडक बत्ती लगायतका संरचना एवं उपकरणहरू ६ महिनाभित्र अनिवार्य रूपमा हटाई वैकल्पिक व्यवस्था गर्न सरोकारवालालाई आग्रह गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्