२३ जेठ २०८३, शनिबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमनमा पुगे गृहमन्त्री

जेठ ३, २०८१
काठमाडौं
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमनमा पुगे गृहमन्त्री

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका विभिन्न क्षेत्रको अनुगमन गरेका छन् ।  

लामिछानेले प्रस्थान र आगमन कक्ष, बोर्डिङ काउन्टर, अध्यागमन काउन्टर, स्टेपलाइज क्षेत्र, अध्यागमन र प्रहरीका कार्यालय, भन्सार जाँच पास, लगेज व्यवस्थापनलगायत क्षेत्रको अनुगमन गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । 

गृहमन्त्री लामिछानेलाई विमानस्थल सुरक्षाका अधिकारी, विमानस्थल अध्यागमन कार्यालयका प्रमुख र विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रमुखले आ–आफ्ना निकायका जिम्मेवारी, जनशक्ति, कार्य प्रणाली र समस्याबारे अवगत गराएका थिए।

मन्त्री लामिछानेले यात्रुले गर्दै आएका गुनासो, सुरक्षा संवेदनशीलता, अध्यागमनलाई थप प्रविधिमैत्री बनाउन गर्नुपर्ने काम र अध्यागमनका कर्मचारीको ड्युटी रोष्टर प्रणालीबारे विशेष चासो व्यक्त गरेका थिए । उनले विदाई गर्न जानेका कारण विमानस्थल क्षेत्रमा बढेको घुइँचो न्यूनीकरणबारे पनि चासो राखेका थिए । 

सो क्रममा मन्त्री लामिछानेले आगमन र प्रस्थान कक्षको सौन्दर्यीकरणमा पनि ध्यान दिन निर्देशन दिए ।  उनले विमानस्थललाई उच्चतम प्रविधिमैत्री बनाउनु पर्नेमा जोड दिँदै त्यसतर्फ ध्यान दिइने पनि सो क्रममा बताए । 

salt training

कमेन्ट गर्नुहोस्