
नेपाली कांग्रेसको अवरोधका कारण लगातार स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक बिहीवार बिहान बस्दैछ ।
संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेपछि बस्ने बैठकको सम्भावित कार्यसूचीमा गृहमन्त्री रवि लामिछानेले प्रस्ताव पेश गर्ने कार्यसूची छ ।
यसअघि गत चैत्र २ गते कार्यसूचीमा समावेश गरेर हटाइएको ‘राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक २०८०’माथि विचार गरियोस् भन्ने प्रस्ताव बिहीवारको कार्यसूचीमा चढाइएको हो ।
सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै कांग्रेसले संसद् अवरुद्ध गर्ने तयारी गरेको छ ।
वैशाख २८ गते बजेट अधिवेशन शुरु भएको दिनदेखि नै कांग्रेसले संसद् अवरोध गर्दै आएको छ ।
यस्तो छ कार्यसूची
