२८ जेठ २०८३, बिहीबार
सुदूरपश्चिमका मुख्यमन्त्रीलाई प्रदेशसभाको विश्वास

कांग्रेस र नाउपा सांसदको नाराबाजीका बीच मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

जेठ ३, २०८१
धनगढी
कांग्रेस र नाउपा सांसदको नाराबाजीका बीच मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सांसदहरूको अवरोधका बीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन् । बिहीबार बसेको प्रदेशसभा बैठकमा कांग्रेससँगै नागरिक नाउपाको रेशम चौधरी समूहका सांसदहरूले नाराबाजी र बहिष्कार गरे पनि विश्वासको मत लिने प्रस्ताव पेस भएको थियो ।

प्रदेशसभाको बैठक शुरू भएलगत्तै उनीहरूले बेल घेराउ गरेर नाराबाजी गर्नका बाबजुद सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने प्रस्ताव टेबल गर्न अनुमति दिए । 

कांग्रेस र नाउपा रेशम पक्षका सांसदहरू बैठक कक्ष छाडेर बाहिर गए । सत्ता पक्षका सांसद मात्र बाँकी रहेको बैठकमा सभामुखले मतदान प्रक्रिया पूरा गराएका हुन् । विश्वासको मत लिने प्रस्तावको पक्षमा २८ मत परेको छ । ५३ सदस्यीय प्रदेशसभामा यो संख्या बहुमत हो । 

योसँगै नेकपा (एकीकृत समाजवादी)बाट मुख्यमन्त्री बनेका सोडारीले विश्वासको मत पाएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्