०३ साउन २०८३, आइतबार

रविको आरोप– एकपटक बोल्न पाउनुपर्छ भन्दा घिनलाग्दो मिडिया ट्रायल भयो

जेठ ३, २०८१
काठमाडौं
रविको आरोप– एकपटक बोल्न पाउनुपर्छ भन्दा घिनलाग्दो मिडिया ट्रायल भयो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले एकपटक संसद्मा बोल्न पाउनुपर्छ भन्दा मिडियामा घिनलाग्दो ट्रायल भएको आरोप लगाएका छन् ।

सहकारी प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले फेरि संसद् अवरुद्ध गर्ने संकेत गरेपछि गृहमन्त्री लामिछानेले यस्तो आरोप लगाएका हुन् ।

संसद्मा गृहमन्त्री लामिछानेलाई बोल्न दिनेगरी नेपाली कांग्रेस तयार भएको विषय बाहिर आएपनि सहकारी प्रकरणमा गोलमटोल छानबिन समितिको कुरा आएको भन्दै कांग्रेसले फेरि संसद् अवरोध गर्ने निर्णय गरेको छ । लामिछानेले कांग्रेसको कदमलाई घिनलाग्दो मिडिया ट्रायलको संज्ञा दिएका हुन् ।

‘एकपटक बोल्न पाउनु पर्यो त्यत्ति हो मागेको । यति घिनलाग्दो  मिडिया ट्रायल ?’ उनले बिहीबार सामाजिक सञ्जालमा लेखेका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी प्रकरणमा छानबिन समिति गठन तयार तयार रहेको भन्दै संसद्मा गृहमन्त्रीलाई बोल्न दिने बताएका थिए । तर यसलाई कांग्रेसले सकारात्मक भन्दै लामिछानेलाई बोल्न दिने प्रतिक्रिया दिएको थियो । तर टालटुले समिति गठन गर्न खोजिएको भन्दै कांग्रेसले संसद् बैठक अवरुद्ध गर्ने बताएको हो । 

दलबीच सहमति जुटाउने प्रयासस्वरुप बिहीबार ११ बजेका लागि तय भएको प्रतिनिधिसभा बैठक अपरान्ह ४ बजेसम्मलाई सारिएको थियो ।

null


 

salt training

कमेन्ट गर्नुहोस्