![पर्वत, बागलुङ र बाँकेमा प्रमुख जिल्ला अधिकारीको सरुवा तथा पदस्थापन [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/Home_Ministry_ULwe2UuTyw.jpg)
गृह मन्त्रालयले पर्वत, बागलुङ र बाँकेमा नयाँ प्रमुख जिल्ला अधिकारीको सरुवा तथा पदस्थापन गरेको छ ।
उपप्रधान एवं गृहमन्त्रीस्तरको निर्णयअनुसार नेपाल प्रशासन सेवा राजपत्रांकित प्रथम श्रेणीका प्रमुख जिल्ला अधिकारीहरूको पदस्थापन तथा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।
शुक्रबार गरिएको पदस्थापन तथा सरुवाअनुसार पर्वतको प्रमुख जिल्ला अधिकारीमा केदारनाथ शर्मा, बागलुङमा नेत्रप्रसाद सुवेदी र बाँकेमा खगेन्द्रप्रसाद रिजाललाई पठाइएको छ ।