
धादिङको गजुरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । साथै अर्का एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सिद्धलेख गाउँपालिका ६ का अन्दाजी १८ वर्षीय शनि घले छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट चितवनका लागि छुटेको ना ६ ख २९२० नम्बरको ट्रकले प्रदेश ३-०२००६ प २५८७ नम्बरको मोटरसाइकललाई गजुरी बजारस्थित राष्ट्रिय वाणिज्य बैंक अगाडि ठक्कर दिएको थियो ।
साथै मोटरसाइकलमा सवार गजुरी १ का अन्दाजी २० वर्षी सुविन सुनारलाई उपचारको लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।