२८ जेठ २०८३, बिहीबार

बाह्रैमास कर्मचारी सरुवा

जेठ ५, २०८१
काठमाडौं
बाह्रैमास कर्मचारी सरुवा

सरकारले गत वैशाख २७ गते ६० सहसचिवको सरुवा ग¥यो। वैशाख १३ मा दुई सचिव र २८ सहसचिवको सरुवा गरेको छ ।

त्यसअघि चैत ३० गते पाँच सचिव, १५ चैतमा ११ सचिव र ८ चैतमा दुई सचिव तथा पाँच जना सहसचिवको सरुवा गरेको छ ।

गत चैत र वैशाख महिनाभरमा मात्रै सरकारले शाखा अधिकृतदेखि सचिवसम्म अन्तरमन्त्रालय, प्रदेश सरकार र स्थानीय तहमा
गरी चार सय जनाभन्दा बढी कर्मचारी सरुवा गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । 

यसरी जुनसुकै बेला पनि कर्मचारी सरुवा गर्दा प्रशासनिक अस्थिरता आउने विज्ञहरूको धारणा छ । पूर्वसचिव पूर्णचन्द्र भट्टराईले सरकारले
बाह्रमासे कर्मचारी सरुवा गर्दा प्रशासनिक अस्थिरता र सेवा प्रवाह प्रभावित हुन थालेको बताए । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्