०५ साउन २०८३, मंगलबार

सञ्चार नीतिबारे छलफल गर्न  झापामा मिडिया सम्मेलन

जेठ ५, २०८१
झापा
सञ्चार नीतिबारे छलफल गर्न  झापामा मिडिया सम्मेलन

नेपाल पत्रकार महासङ्घ झापा शाखाको आयोजनामा कनकाई नगरपालिकाको सुरुङ्गामा ‘मिडिया सम्मेलन’ शुरू भएको छ ।

शनिबार एक कार्यक्रमका बीच कोशी प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री राम रानाले सम्मेलनको उद्‌घाटन गरे ।  

कोशी प्रदेशका अधिकांश पत्रकारहरूको सहभागिता रहेको सम्मेलनमा राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धमेन्द्र झा, नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँ, सूचना तथा प्रसारण विभागका निर्देशक भरत गौतम, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेसहित महासंघका १४ वटा जिल्ला अध्यक्ष तथा प्रतिनिधि पनि सहभागी छन् ।

सम्मेलनमा सङ्घीयतामा सञ्चार नीति, नियत र नियति, ‘डिजिटल’ पत्रकारिता अवसर र चुनौती , पत्रकारिता र विज्ञापनका विषयमा सघन छलफल हुने नेपाल पत्रकार महासङ्घ झापा शाखाका अध्यक्ष एकराज गिरीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्