×

बागलुङमा गर्भपतन गराउने बढे, २० वर्षभन्दा कम उमेरका धेरै

प्रजनन स्वास्थ्यमा जटिल समस्या

बाग्लुङ | जेठ ५, २०८१

बागलुङमा पछिल्लो समय गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि भएको छ ।

जिल्लाका विभिन्न स्वास्थ्य संस्थाबाट उमेर नपुगी गर्भपतन गराउनेको सङ्ख्या वृद्धि हुन थालेको पाइएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।


Advertisment

जिल्लाको धौलागिरि अस्पताल, बुर्तीवाङ प्राथमिक स्वास्थ्य केन्द्र र गलकोट नगरपालिकासँगै २७ वटा स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतनको सेवा लिन पाइने भन्दै कतिपयले गर्भपतनलाई विकल्पका रुपमा लिन थालेपछि यसको सङ्ख्यामा वृद्धि हुन थालेको स्वास्थ्य कार्यालयका प्रमुख एवं जनस्वास्थ्य प्रशासक बाबुराम आचार्यले बताए ।


Advertisment

उनका अनुसार गर्भपतन गराउनेमध्ये २० वर्ष नपुग्दै गराउने अधिक रहेका छन् ।

निरन्तरको गर्भपतनले स्वास्थ्यमा जटिल समस्या ल्याउने, बाँझोपनको समस्या बढाउने भएकाले सुरक्षितरुपमा र आवश्यकता भएमात्रै गर्भपतन गराउनुपर्ने जनस्वास्थ्य प्रशासक आचार्यले जोड दिए ।

सरकारले जटिल अवस्थाका गर्भवतीलाई गर्भपतनको सुविधा दिए पनि अवैध गर्भाधान गरेकाले यसको फाइदा उठाइरहेका उनको भनाइ छ ।​

जिल्लास्थित स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्म बागलुङका सात सय ९८ महिलाले गर्भपतन गराएका छन् ।

जसमध्ये २० वर्षभन्दा कम उमेर समूहका २४ जना रहेका आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार २० वर्षभन्दा कम उमेरका २४ मध्ये चार जनाको सर्जिकल माध्यमबाट र २० जनालाई औषधि खुवाएर सुरक्षित गर्भपतन गराइएको हो ।

यो वर्ष १२ हप्ताभन्दा माथिको गर्भपतन गराउनेको सङ्ख्या अत्यधिक वृद्धि भएको छ । गत आर्थिक वर्षमा २० वर्ष माथिका एक जनाको १२ हप्ता माथिको गर्भ औषधि सेवन गरेर पतन गराइएको थियो ।

'चालू आवमा २० वर्ष माथिका १८ र २० वर्ष कमका दुई जनाले १२ हप्तामाथिको गर्भ औषधि प्रयोग गरेर पतन गराएका छन् । साथै २० वर्ष कम उमेरमा चार जनाको १८ हप्तामाथिको गर्भ उपकरण प्रयोग गरेर पतन गराइएको छ', जनस्वास्थ्य प्रशासक आचार्यले भने ।

सरकारले गर्भवती महिलाको मञ्जुरीमा १२ हप्तासम्मको गर्भपतन गराउन सक्ने व्यवस्था गरेको छ । स्वास्थ्यकर्मीको परामर्शमा बच्चा जन्माउँदा महिलाको ज्यान खतरामा पर्न सक्ने, विकलाङ्ग, जबर्जस्ती करणी, हाडनातामा करणी, निको नहुने प्रकृतिका रोग लागेको भएमा महिलाकै मञ्जुरीमा २८ हप्तासम्मको गर्भ सुरक्षितरुपमा पतन गराउन मिल्ने कानुनी व्यवस्था ल्याएपछि गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि भएको आचार्यको भनाइ छ ।

परिवारकै सहमतिमा हुने अधिकांश गर्भपतन जिल्ला बाहिरका स्वास्थ्य संस्था रोज्ने गरिएकाले यो तथ्याङ्क अझै कम रहेको स्वास्थ्य कार्यालय प्रमुख आचार्यले बताए ।

गत आवमा १२ हप्ताभन्दा कमको सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या एक हजार ८४ थियो । सोमध्ये ७९ जना २० वर्ष कमका र नौ सय ४२ जना २० वर्ष माथिका महिलाले औषधि सेवन गरेका थिए । साथै २० वर्ष माथिका ६२ र कमका एक जनाको उपकरण प्रयोग गरेर गर्भपतन गराइएको थियो ।

गाउँघरमा र सरकारले मान्यता नदिएका क्लिनिकबाट गर्भपतन गराउने महिलाको सङ्ख्यासमेत ठूलो हुनसक्ने आचार्यको भनाइ छ ।

गर्भपतन गराएपछि धेरै रक्तश्राव हुने, दुखाइ धेरै हुने, प्रजनन अङ्गमा समस्या आउने र दोस्रो गर्भ रहन समय लाग्नेलगायत जटिल स्वास्थ्य समस्या देखिएको उनले बताए ।

शारीरिक सम्पर्कका बेला गरिएको हेलचक्रयाइँका कारण महिलाले गर्भपतन गराउने गरेकाले सङ्ख्यामा वृद्धि भएको उनको भनाइ छ ।

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

असार ११, २०८१

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

जेठ ८, २०८१

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाले सञ्चालनमा ल्याएको ‘आमा बचाउ’ अभियानबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित भएका छन् ।​ अभियानअन्तर्गत शुरूमा गाउँपालिकाका हरेक वडाबाट महिला स्व...

भगवान् भेटिने सूत्र

भगवान् भेटिने सूत्र

असार २९, २०८१

भगवान्‌का कुरा गर्ने धेरै छन् तर भगवान् कस्ता हुन्छन् त्यो भने कसैलाई पनि थाहा छैन । भगवान् कस्ता हुन्छन् भनेर सोध्ने हो भने शायद सबै निरुत्तर नै रहने छन् । हदैभए भगवान् भगवान्जस्तै हुन्छन् भन्नेसम्म फेला पर्ला...

देश पहिले, अनि मात्र सत्ता

देश पहिले, अनि मात्र सत्ता

असार २७, २०८१

बेलायतमा भर्खरै सम्पन्न संसदीय निर्वाचनमा १४ वर्षपछि लेबर पार्टीले तल्लो सदन अर्थात्  'हाउस अफ कमन्स्'मा प्रचण्ड बहुमत हासिल गर्‍यो । ६५० सदस्यीय तल्लो सदनमा लेबर पार्टीले करिब ६३ प्रतिशत अर्थात् ४१२ ...

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

असार २६, २०८१

प्रमुख सत्ता साझेदार नेकपा (एमाले)ले साथ छोडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई दिनपछि (असार २८) प्रतिनिधि सभामा विश्वासको मतको सामना गर्दैछन् । ‘विश्वासको मत नपाउने जान्दाजा...

x