२२ जेठ २०८३, शुक्रबार

बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै

जेठ ५, २०८१
बाँके
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै

बाँकेको नेपाल–भारत जमुनाहा नाका आजदेखि दुई दिनका लागि बन्द हुने भएको छ । 

भारतको उत्तरप्रदेश राज्यको बहराइच जिल्लामा हुन लागेको लोकसभा निर्वाचनका लागि सीमानाका आज राति साढे १० बजेबाट सोमबार बेलुका ५ बजेसम्म दुई दिन बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय, बाँकेले जनाएको छ । भारतमा सोमबार निर्वाचन हुँदैछ । 

खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौतीलाई मध्यनजर गरी  भारतीय सुरक्षा निकायबाट पत्राचार भएअनुसार सीमानाका बन्द गर्न लागिएको बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले जानकारी दिए। नेपाल र भारत दुवै देशमा विभिन्न तहका निर्वाचन हुने समयमा विगतमा पनि सीमा नाका बन्द हुँदै आएका थिए । 

यसअघि गत साता पनि भारतको बहराइच जिल्लाको बहराइचमा निर्वाचन भएकाले ७२ घण्टाका लागि जमुनाहा नाका बन्द गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्