०८ साउन २०८३, शुक्रबार

राज्यसत्तालाई लक्ष्य होइन माध्यम बनाउनुपर्छ : ज्ञवाली

जेठ ५, २०८१
झापा
राज्यसत्तालाई लक्ष्य होइन माध्यम बनाउनुपर्छ :  ज्ञवाली

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले कम्युनिष्टहरूले राज्यसत्तालाई लक्ष्य होइन जनताको अवस्था बदल्ने माध्यमका रूपमा प्रयोग गर्नुपर्ने बताएका छन् । 

पार्टीको दोस्रो मेचीनगर नगर अधिवेशनको उद्घाटन कार्यक्रममा आज झापाको काँकडभिट्टामा उनले जनताको अवस्था बदल्न एमालले समृद्ध नेपाल र सुखी नेपालीको सुझबुझपूर्ण नारा अघि सारेको बताए । अवसर र सुविधाका लागि राजनीतिको नेतृत्वमा पुग्न चाहने प्रवृत्तिलाई हटाएर जनताको पक्षमा काम गर्नुपर्नेमा उनको जोड थियो । 
“सत्ता भनेको नेताले कुर्सी पाउने हो, राम्रो सुविधा र अवसर पाउने हो भन्ने गलत बुझाइ बनिरहेको छ”, उनले भने, “राजनीतिको नेतृत्व तहमा पुग्न चाहनेले सुविधा होइन, जिम्मेवारीको गह्रुँगो भारी बोक्न तयार हुनुपर्छ ।” 

salt training

कमेन्ट गर्नुहोस्