२२ जेठ २०८३, शुक्रबार

गृहमन्त्री शर्माको आरोप - प्रधानमन्त्री देउवा निर्वाचन सार्ने तयारीमा छन् !

कात्तिक २०, २०७४
गृहमन्त्री शर्माको आरोप - प्रधानमन्त्री देउवा निर्वाचन सार्ने तयारीमा छन् !
काठमाडौं ३१ असोज– गृहमन्त्री जनार्दन शर्माले प्रधामनन्त्री शेरबहादुर देउवा मंसिर १० र २१ गतेका लागि निर्धारित चुनाव सार्ने तयारी गरेको सूचना पाएको बताएका छन् ।

निर्वाचन आयोग स्रोतबाट आफूहरुले त्यस्तो सूचना पाएको मन्त्री शर्माले दावी गरे ।

मंगलवार दिउसो मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री शर्माले प्रधामनन्त्री देउवा चुनाव सार्ने तयारीमा लागेको आरोप लगाएका हुन् । उनले निर्वाचनको सुनिश्चितता नहुदासम्म माओवादी सरकारबाट नछाड्ने पनि स्पष्ट गरे ।

यसअघि माओवादीले मंगलवार नै सरकार छाड्ने तयारी गरेको कुरा बाहिर आएको थियो । ‘हामीलाई हटाउने नहटाउने प्रधामनन्त्रीको कुरा हो, तर चुनावको सुनिश्चितता नभएसम्म सरकार छाड्दैनौ’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्