२९ जेठ २०८३, शुक्रबार

मुक्तिनाथ विकास बैंकले गर्‍यो नवलपुरका विद्यार्थीलाई स्कूल पोसाक वितरण

जेठ ६, २०८१
काठमाडौं
मुक्तिनाथ विकास बैंकले गर्‍यो नवलपुरका विद्यार्थीलाई स्कूल पोसाक वितरण

मुक्तिनाथ विकास बैंक लिमिटेडले नवलपुरका विद्यार्थीहरूलाई पोसाक वितरण गरेको छ ।

संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा तथा बालबालिकाहरूको हितसम्बन्धी विभिन्न कार्यक्रम गर्दै आएको बैंकले स्कूल पोसाक उपलब्ध गराइएको हो ।

नवलपुरको बुलिङटारस्थित श्री रम्भादेवी आधारभूत विद्यालयमा नर्सरीदेखि कक्षा ५ सम्म अध्ययनरत ७६ जना विद्यार्थीहरूलाई स्कूल पोसाक वितरण गरिएको बैंकले जनाएको छ ।

null

पोसाक हस्तान्तरण कार्यक्रममा बैंकका कर्मचारी, विद्यालयका शिक्षक तथा पदाधिकारी, विद्यार्थीहरूको उपस्थिति रहेको बैंकका प्रमुख सूचना अधिकारी  तिलबहादुर गुरुङले जानकारी दिए ।

उक्त सहयोगबाट विद्यार्थीहरू विद्यालयमा उपस्थित भई शिक्षा लिन प्रोत्साहन दिने विश्वास बैंकले लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्