१२ साउन २०८३, मंगलबार
संसद्‌मा गृहमन्त्रीको सम्बोधन

जिरोबाट उठेको हुँ, सरकार मात्रै होइन पार्टी र देश नै छोड्न तयार छु : रवि लामिछाने

जेठ ६, २०८१
काठमाडौं
जिरोबाट उठेको हुँ, सरकार मात्रै होइन पार्टी र देश नै छोड्न तयार छु : रवि लामिछाने

गृहमन्त्री रवि लामिछानेले आफू जिरोबाट उठेको भन्दै सरकार, पार्टी र देश नै छोड्न तयार रहेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपाका सभापतिसमेत रहेका लामिछानेले सबैथोक त्यागेर पनि आफू परीक्षामा उत्रिन तयार रहेको बताएका हुन् ।

‘रास्वपालाई हटाएर यस्तो समिति बनाउने हो भन्नुस् रास्वपा तयार छ । के गर्नुपर्ने हो ? सदस्य त्यागेर, सभापति, सांसद नभएर नागरिकसमेत नभएर जिरोमा पुगिसकेको मान्छे हुँ', रविले भने, ‘तपाईँहरूलाई के लाग्छ ? भन्नुस् के छोडेर हुन्छ ? सदन, मन्त्रालय, पार्टी देश के छोडनुपर्छ तयार छु ।’

आफूले नबिराएको भन्दै व्यक्ति केन्द्रित समिति भने मान्य नहुने चेतावनी उनले दिए । व्यक्तिको मानमर्दन गर्ने, गाली गर्ने विषय आफूलाई मान्य नहुने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्