०५ असार २०८३, शुक्रबार

रवि लामिछानेले दर्जनौं आरोप लगाएपछि पत्रकार सम्मेलन गर्दै गगन थापा

जेठ ६, २०८१
काठमाडौं
रवि लामिछानेले दर्जनौं आरोप लगाएपछि पत्रकार सम्मेलन गर्दै गगन थापा

प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री रवि लामिछानेले दर्जनौं आरोप लगाएपछि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पत्रकार सम्मेलन गर्न लागेका छन् । 

संसद् भवन परिसरकै ल्होत्से हलमा थापाले पत्रकार सम्मेलन गर्न लागेका हुन् । 

संसद्‌मा बोल्दै गृहमन्त्री लामिछानेले सूचना विदेशीलाई बेच्नेदेखि, बाख्रा पालन गर्दासमेत गगनले घोटाला गरेको आरोप लगाएका थिए ।

आफूमाथि सहकारी प्रकरणमा व्यक्ति केन्द्रित छानबिन समिति बने कांग्रेसका थुप्रै नेताविरुद्ध पनि छानबिन गर्नुपर्ने विषय लामिछानेले उठाएका छन् ।

रविले बोलेपछि संसद्‌मा कांग्रेसको तर्फबाट बोल्न खोजे सभामुखले समय नदिइ संसद् बैठक स्थगित गरेपछि कांग्रेसले धारणा सार्वजनिक गर्न लागेको हो ।

salt training

कमेन्ट गर्नुहोस्