
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले रास्वपाका एक पूर्व कांग्रेसी नेताले लोकतान्त्रिक गठबन्धन बनाउनका लागि कांग्रेसका नेताको घरघरमा धाएको दाबी गरेका छन् ।
सत्ता गठबन्धनमा भएपनि यसरी रास्वपाका नेता कांग्रेसको घरघरमा गएको उनको दाबी थियो ।
‘दुई दिन अगाडि नेपाली कांग्रेसका नेताहरुलाई एक जना रास्वपाका पूर्व कांग्रेसी नेताले घरघरमा गएर डेमोकेटिक अलाइन्स बनाउन हामी खुलै छौँ भनेर भन्नुभयो’, आइतबार आयोजित पत्रकार सम्मेलनमा थापाले भने, ‘हामीलाई धेरै पर नपुर्याइदिनुस् । एमालेसँग मिल्ने नबनाइदिनुस् भन्नुभएको थियो ।’
थापाले नाम उल्लेख नगरेपनि उपसभापति स्वर्णीम वाग्लेप्रति उनको संकेत थियो । पत्रकार सम्मेलनका क्रममा थापाले गृहमन्त्री रवि लामिछानेले लगाएको आरोपको प्रतिवाद गर्ने प्रयास गरेका थिए ।