
नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशनबाट निरक गुरुङ अध्यक्ष पदमा निर्वाचित भएका छन् । सोमबार बिहान सम्पन्न मत गणनाबाट प्रतिद्वन्द्वी डिल्ली बीसीलाई पराजित गर्दै गुरुङ अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
गुरुङले २९१ मत प्राप्त गर्दा बीसीले १५४ मत मात्र प्राप्त गर्न सके । गुरुङ एमाले उपाध्यक्ष विष्णु पौडेल निकट मानिन्छन् ।
बीसी एमाले महासचिव शंकर पोखरेल पक्षका नेता हुन् । निर्वाचनबाट उपाध्यक्षमा रत्न खत्री विजयी भएका छन् । प्रदेश सरकारका सामाजिक विकास मन्त्रीसमेत रहेका खत्रीले ३१३ मत पाएका छन् ।
उनीसँग चुनाव लडेका युवा उम्मेदवार रविन्द्र लम्सालले १३८ मत पाएका छन् ।
त्यसैगरी सचिव पदमा बलराम भट्टराई १३९ मतका साथ विजयी हुँदा खिलप्रसाद भुसालले १०६ , भिम वलीले ९५ मत र दत्त आचार्यले ८८ मत पाएका छन् ।
उपसचिव महिलामा निर्मला सुनार विजयी भएकी छन् भने पुरुषमा किशोर थापा विजयी भएका छन् ।