०८ साउन २०८३, शुक्रबार
अवरोधकाबीच विश्वासको मत

‘फास्ट्र ट्र्याक’मा अघि बढ्यो विश्वासको मत प्रक्रिया, एमालेबाहेक दलले बोल्न पाएनन्

जेठ ७, २०८१
काठमाडौं
‘फास्ट्र ट्र्याक’मा अघि बढ्यो विश्वासको मत प्रक्रिया, एमालेबाहेक दलले बोल्न पाएनन्

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीकाबीच प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदैछन् । 

कांग्रेसको नाराबाजीका कारण विश्वासको मतसम्बन्धी संसदीय प्रक्रिया छोट्ट्याइएको छ । 

प्रधानमन्त्रीले विश्वासको मतको प्रस्ताव राखेपछि प्रतिनिधि सभाका सबै दलले छलफलमा भाग लिने र अन्तिममा प्रधानमन्त्रीले जवाफ दिने संसदीय परम्परा थियो । 

सोमबार प्रतिनिधि सभा बैठकमा प्रचण्डले बोलेपछि सत्तापक्षको तर्फबाट नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मात्र बोलेका छन् । 

त्यसपछि सभामुखले छलफल छोट्याएर प्रचण्डलाई जवाफ दिन समय दिए । 

जवाफ दिन रोस्ट्रममा पुगेका प्रचण्डले कांग्रेसले गरेको अवरोध नेपालको इतिहासमा नकारात्मक घटनाको रूपमा अभिलेख हुने बताए । 

सोमवार दिउँसो साढे १२ बजेपछि मतविभाजन प्रक्रिया शुरू भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्