०५ साउन २०८३, मंगलबार

विपक्षी दलले नाराबाजी गरिरहेको समयमा विश्वासको मत लिने कार्य हास्यास्पद : कमल थापा​

जेठ ७, २०८१
काठमाडौं
विपक्षी दलले नाराबाजी गरिरहेको समयमा विश्वासको मत लिने कार्य हास्यास्पद : कमल थापा​

राप्रपा नेपालका अध्यक्ष कमल थापाले विपक्षी दलले नाराबाजी गरिरहेको बेलामा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्य हास्यास्पद रहेको बताएका छन् ।

सोमबारको प्रतिनिधि सभा बैठकमा कांग्रेसको नाराबाजी चलिरहेको समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिन लागे पनि उनले यस्तो बताएका हुन् ।

विश्वासको मत लिने प्रस्तावलाई अघि बढाउने कार्य हास्यास्पद, संसदीय परम्परा र मर्यादाविपरीत रहेको उनको भनाइ छ ।

'विपक्षी दलहरूको नाराबाजी, अवरोध र 'वेल घेराउ'कै बीच प्रधानमन्त्रीद्वारा प्रस्तुत विश्वासको मत लिने प्रस्तावलाई अघि बढाउने कार्य हास्यास्पद एवं संसदीय परम्परा र मर्यादाविपरीत छ', उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्