३२ असार २०८३, बिहीबार

सहकारीका ठगलाई जोगाउन सरकार नै लाग्यो : कांग्रेस

जेठ ७, २०८१
काठमाडौं
सहकारीका ठगलाई जोगाउन सरकार नै लाग्यो : कांग्रेस

नेपाली कांग्रेसले नेपाली जनताको अरबौं रुपैयाँ ठग्ने गृहमन्त्री रवि लामिछानेसहितलाई जोगाउन सरकार लागेको निर्णय गरेको छ ।

प्रधानमन्त्रीले जबर्जस्त विश्वासको मत लिएको विषयबाट पनि सरकार सहकारीका ठगलाई जोगाउन लागेको पुष्टि भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताएका छन् ।

‘लाखौं नेपालीका अरबौं रुपैयाँ ठगी भएको विषयमा सरकारका उपप्रधानमन्त्री रवि लामिछाने स्वयं संलग्न रहेको विषयमा निष्पक्ष, पारदर्शी र स्वतन्त्र छानबिन समिति समिति गठनको पक्षमा छौं । यसैले हामीले छानबिन समिति माग गर्यौं’, संसदीय दलको बैठकपछि लेखकले भने, ‘तर सहकारीका ठग गर्ने केही व्यक्तिलाई लाई जोगाउन सरकार उद्यत भएको छ । संसदीय मूल्य मान्यता , मर्मलाई कमजोर बनाउन उद्यत भएको प्रति हामी खेद प्रकट गर्छौ ।’

salt training

कमेन्ट गर्नुहोस्