१० साउन २०८३, आइतबार

रवि लामिछानेलाई कारबाहीको माग गर्दै गुरुङले दिए निवेदन

जेठ ७, २०८१
काठमाडौं
रवि लामिछानेलाई कारबाहीको माग गर्दै गुरुङले दिए निवेदन

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गृहमन्त्री रवि लामिछानेमाथि संसद्‌माथिको अवहेलनामा कारबाही गरीपाउँ भन्दै निवेदन दिएका छन् ।

गुरुङले गृहमन्त्रीबाट कांग्रेसका नेतामाथि बढाइचढाइ नभएको कुरामा लाञ्छना लगाएको र कूटनीतिक राहदानी दुरुपयोगका विषयमा भ्रम सिर्जना गरेको भन्दै सभामुख देवराज घिमिरेसमक्ष निवेदन दिएका हुन् । 

‘हिजो मिति २०८१ साल जेष्ठ ६ गतेको बैठकमा माननीय गृहमन्त्रीले प्रतिनिधि सभाको रोस्टमबाट तथ्यहीन, आधारहीन कुरा गरी नेपाली कांग्रेसका प्रतिनिधि सभाका सदस्यहरू माथि मानमर्दन गर्न खोजेको, हुँदै नभएको कुरालाई बढाई चढाई गरेर आम नागरिकलाई भ्रममा पार्न खोजेको, अदालतले गरेको फैसलामाथि धावा बोलेको’ गुरुङले निवेदनमा लेखेका छन्, ‘अदालतको निर्णयको बर्खिलाप गरी अदालतको समेत अवहेलना गरेको, अदालतबाट सफाइ पाइसकेका रातो कूटनितिक पासपोर्टको विषयलाई तोडमोड गरि प्रस्तुत गरि आम नागरिक बीच भ्रम श्रृजना गर्न खोजेको, आफूलाई अदालतभन्दा माथि राखी अभिव्यक्ति दिएको ब्यहोरा स्मरण गराउन चाहन्छु ।’

उनले गृहमन्त्रीलाई आरोप पुष्टि गर्नसमेत चुनौती दिएका छन् । 

‘उहाँले बोलेका कुराहरूको अडियो तथा भिडियो प्रतिनिधि सभा सचिवालयमा सुरक्षित रहेको पनि होला । देशको गृहमन्त्रीले अनैतिकरुपमा तथ्यहीन कुरा गर्दा संसद्को अवहेलना हुन पुगेको छ’, गुरुङले दिएको निवेदनमा उल्लेख छ, ‘उहाँले बोलेको कुराहरू पुष्टि गर्न म उहाँलाई चुनौती दिन चाहन्छु। यदि पुष्टि नभएमा उहाँमाथि कारवाही गर्न माग गर्दछु ।’

गृहमन्त्रीले संसदीय नियमावलीको नियम पनि नमानेको भन्दै अवहेलनामा कारवाही गर्न माग गरेका छन् । 

‘प्रतिनिधि सभा नियमावलीको नियम २१९ मा सभाका सदस्यले पालना गर्नुपर्ने आचरण पनि निज गृहमन्त्रीले पालना नगरेकाले सो तर्फ समेत विचार गरी उनलाई संसदको अवहेलनामा कारबाही गर्न गम्भीर रुपले माग गर्दछु’, गुरुङले भनेका छन्, ‘साथै कूटनीतिक राहदानी दुरुपयोग गरेको भन्ने आरोपको सम्बन्धमा सम्मानित सर्वोच्च अदालतले २०६४ असोज २४ गते गरेको फैसलाको प्रतिलिपि यसै निवेदन साथ संलग्न गरेको छु ।’

गृहमन्त्री लामिछानेले आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महामन्त्री गगन थापामाथि सूचना विदेशीलाई बेचेको, नेपालमै नियुक्तिमा कमिसन लिएको, बाख्रा पालनदेखि कलेजको पार्क बनाउँदा भ्रष्टाचार गरेको आरोप लगाएका थिए । गुरुङलाई रातो पासपोर्ट दुरुपयोग गरेको र रोलेक्स घडी काण्डमा रामहरि खतिवडालाई समेत छानबिन किन नगर्ने भन्दै प्रश्न उठाएका थिए ।

हेर्नुहोस् निवेदन

null

salt training

कमेन्ट गर्नुहोस्