१२ साउन २०८३, मंगलबार

राष्ट्रपतिको निधनमा इरानमा पाँच दिन राष्ट्रिय शोकको घोषणा

जेठ ७, २०८१
काठमाडौं
राष्ट्रपतिको निधनमा इरानमा पाँच दिन राष्ट्रिय शोकको घोषणा

इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार दिउँसो हेलिकप्टर दुर्घटनामा निधन भएपछि देशका सर्वोच्च नेता आयातोल्लाह सेयद अली खामेनीले इरानमा पाँच दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन् ।  

उनले इरानी राष्ट्रले यस दुःखद घटनामा एक इमान्दार र मूल्यवान सेवक गुमाएको बताए । संविधानको धारा १३१ बमोजिम उपराष्ट्रपति मोहम्मद मोख्बेरले सरकारको जिम्मेवारी सम्हालेका छन् । 
        
आयातोल्लाह खामेनीले मोख्बरलाई सरकारका तीन शाखाका अन्य दुई प्रमुखहरूसँगको सहकार्यमा अधिकतम ५० दिनभित्र नयाँ राष्ट्रपति चयन गर्ने व्यवस्था गर्न आग्रह गरे । 
         
यसैबीच, होसेन अमिर–अब्दुल्लाहियानको दुर्घटनामा निधन भएपछि अली बगेरी कानीलाई इरानको कार्यवाहक विदेशमन्त्रीमा नियुक्त गरिएको छ । उनले सेप्टेम्बर २०२१ देखि उपविदेशमन्त्रीका रूपमा काम गरेका छन् । 
        

salt training

कमेन्ट गर्नुहोस्