×

NIC ASIA

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडाैं | जेठ ७, २०८१

Prabhu Bank
NTC
Premier Steels
Marvel

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये सात सय ७० को पुनःनिर्माण सम्पन्न भएको पुरातत्व विभागले जनाएको छ । भूकम्पबाट अति प्रभावित १४ र प्रभावित १८ जिल्लाका नौ सय २० सम्पदामा क्षति पुगेको थियो । तीमध्ये हालसम्म सात सय ७० सम्पदाको पुनःनिर्माण भएको छ । 

हाल ७० सम्पदाको पुनःनिर्माण भइरहेको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए । ८० सम्पदाको अझै काम सुरु हुन सकेको छैन । पर्याप्त बजेट नआउनु, प्राविधिक जनशक्ति र निर्माण सामग्री अभावलगायत कारण ८० सम्पदाको पुनःनिर्माण सुरु हुन नसकेको हो । विभागमा हाल २० जनामात्र इन्जिनियरको दरबन्दी भएकाले पनि काममा ढिलाइ भएको जनाइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भक्तपुरको यक्षेश्वर, भक्तपुरकै पुजारी मठ, चाँगुनारायण मन्दिरका सत्तल, हनुमानढोकाको विष्णु मन्दिर, पाटन दरबार क्षेत्रको देगु तलेजु मन्दिरलगायत ठूला सम्पदा पुनःनिर्माणको काम अहिले भइरहेको छ । शङ्खमूलको जगत्नारायण मन्दिरका विषयमा अदालतमा मुद्दा परेकाले काम रोकिएको छ । जगत्नारायण मन्दिर पुनःनिर्माणको ठेक्का पाएका निर्माण व्यवसायीले समयमा काम नगरेपछि विभागले कारबाही प्रक्रिया अघि बढाउँदा निर्माण व्यवसायी नै अदालत गएकाले पुनःनिर्माणको काममा ढिलाइ भएको हो । 


Advertisment
Rupse Holidays
Nabil box

पुनःनिर्माण हुन बाँकी सम्पदामध्ये करिब २० वटा आगामी आर्थिक वर्षमा काम गर्ने गरी बजेट व्यवस्थापनको प्रक्रियामा रहेको प्रवक्ता कुँवरले बताए । आव २०८२÷८३ सम्म ३२ वटा जिल्लाका नौ सय २० वटा सम्पदाको पुनःनिर्माण सम्पन्न गरिसक्ने लक्ष्य विभागले लिएको छ । हालसम्म सम्पदा पुनःनिर्माणका लागि सरकारले रु छ अर्ब खर्च गरिसकेको छ । बाँकी सम्पदा पुनःनिर्माण गर्न रु दुई देखि रु तीन अर्ब लाग्ने अनुमान गरिएको छ ।

Vianet communication

भूकम्प प्रभावित ३२ जिल्लाका दुई सय १५ गुम्बा पुनःनिर्माणको दायित्व सरकारले विभागलाई दिएको छ । त्यसमध्ये हाल २५ वटा गुम्बा  पुनःनिर्माण भइरहेका छन् । आगामी आवमा २० वटा गुम्बा पुनःनिर्माण गर्ने तयारी छ । गुम्बा पुनःनिर्माणका लागि विभागले सरकारसँग अलग्गै बजेट माग गरेको छ । चार वर्षमा सबै गुम्बा पुनःनिर्माण सक्ने योजना विभागले बनाएको छ । सबै गुम्बा पुनःनिर्माण सक्न रु पाँच अर्ब लाग्ने अनुमान गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

x