१२ असार २०८३, शुक्रबार

तोलामा १ हजार २ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

जेठ ८, २०८१
काठमाडौं
तोलामा १ हजार २ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन सोमबार प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भएकामा आजका लागि १ लाख ४० हजार ६ सय रुपैयाँ निर्धारण गरिएको छ । 

यस्तै तेजाबी सुन सोमबार तोलामा १ लाख ४१ हजार १ सय रुपैयाँमा कारोबार भएकामा आजका लागि १ लाख ३९ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ । 

चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले घटेको छ ।

सोमबार प्रतितोला १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भएकामा आज चाँदीको मूल्य १ हजार ८ सय ८५ रुपैयाँका कारोबार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्